Ipo.aspx merolagani - रिज लाईन इनर्जीकाे आईपीओ बाँडफाँट

रिज लाईन इनर्जीकाे आईपीओ बाँडफाँट

Feb 26, 2026 11:32 AM Merolagani

फागुन १४ गते, बिहीबार, रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा २५ लाख ३७ हजार ३०१ जनाले दुई कारोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् ।

comments powered by Disqus