Ipo.aspx merolagani - सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट

Mar 01, 2026 09:47 AM Merolagani

फागुन १७ गते, आइतबार, सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २६ लाख २० हजार ३४१ आवेदकबाट कुल २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। सोमध्ये २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको छ भने ३९ हजार ८७१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।