Ipo.aspx merolagani - सालपा विकास बैंकको आईपीओ बाँडफाँट

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM Merolagani

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।

बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेयर रहेको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। ९ जना आवेदकले बैंकको थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो

Jan 06, 2026 02:20 PM

विश्व राजनीतिमा निकै विरलै देखिने दृश्य भेनेजुएलाको शेयर बजारमा देखिएको छ। ३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार 'काराकास स्टक एक्सचेन्ज' (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ।