Ipo.aspx merolagani - बेहोस भएका मतदान अधिकृतको मृत्यु

बेहोस भएका मतदान अधिकृतको मृत्यु

Mar 03, 2026 05:27 PM merolagani

सर्लाहीमा बेहोस भएका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको छ । मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा दिउसाे २ बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।

रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् ।

comments powered by Disqus

आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।