Ipo.aspx merolagani - सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM Merolagani

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला २७५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ५४० रुपैयाँले कारोबार भइरहेको छ । मंगलबारको बजार चाँदी तोलाको ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।