Ipo.aspx merolagani - वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM Merolagani

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।

फागुन महिनामा ४.५६ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, चैतमा ४.४९ प्रतिशतविन्दुमा झरेको छ। यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ६ बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो। १४ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्।

त्यस्तै, बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाएका छन्।

चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा नेपाल बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको हो। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका हुन्।

कुन बैंकको ब्याजदर कति?

comments powered by Disqus