Ipo.aspx merolagani - तत्कालीन राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीविरुद्ध भष्ट्राचार मुद्दा

तत्कालीन राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीविरुद्ध भष्ट्राचार मुद्दा

Mar 15, 2026 05:13 PM merolagani

तत्कालीन राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीविरुद्ध भष्ट्राचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० लाख रुपौयँ घुस लिएको आरोपमा उनीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ ।

अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । त्यो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको अख्तियारको दावी हो ।

एचके इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारको दावी हो ।

 

comments powered by Disqus

समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।