Ipo.aspx merolagani - सातामा २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Mar 21, 2026 06:17 AM Merolagani

यस साता नेप्से परिसूचक २ प्रतिशत बढेको छ। गत साता २८२०.४४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.०१ प्रतिशत अर्थात ५६.५९ अंक बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ७.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९१ अंक बढेको छ।

नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १२ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १४ अर्ब ८९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १९.६३ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २३.१९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १५.२५ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३१ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। गत साता ६०४०.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७२.७४ अंक बढेर ६३१२.९३ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ। गत साता २१.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.२७ प्रतिशत अर्थात ०.०६ अंक घटेर २१.८१ विन्दुमा झरेको हो।

यस साता ८ कम्पनीको २२ करोड २७ लाख ४० हजार ११५.९३ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई, विजय लघुवित्तको एफपीओ र भुजुङ्ग हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर, ङादी ग्रुप पावर र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सालपा विकास बैंकको शेयरमूल्य सर्वाधिक ४६.३८ प्रतिशत बढेको छ। गत साता ९४८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता १ हजार ३८८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता होटल फरेष्ट इनको शेयरमूल्य ४६ प्रतिशतभन्दा बढी बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब ४० प्रतिशत बढेको छ। यस साता दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य सर्वाधिक १२.९५ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर ६ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने शुभम् पावर कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।