Ipo.aspx merolagani - लगानीकर्ता कच्चा तेलतर्फ आकर्षित हुँदा सुनको मूल्यमा 'पहिराे', एक सातामै १३ हजारभन्दा बढी घट्याे

लगानीकर्ता कच्चा तेलतर्फ आकर्षित हुँदा सुनको मूल्यमा 'पहिराे', एक सातामै १३ हजारभन्दा बढी घट्याे

Mar 28, 2026 06:00 AM Merolagani

नेपाली बजारमा पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा ठूलो गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अन्तरमा सुनको मूल्य प्रतितोला १३ हजार ५०० रुपैयाँले घटेको हो ।

गत चैत ६ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तर, एक हप्ताको अन्तरालमा सुनको मूल्यमा भारी गिरावट भएर प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा झरेर कारोबार भएको छ ।

यस हप्तामा अधिकांश दिन सुनको मूल्य निरन्तर घटेको छ । चैत ८ गते आइतबारको बजारमा सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चैत ९ गते सोमबार दुई लाख ८२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार १० गते उल्लेख्य घटेर दुई लाख ७३ हजार ९०० रुपैयाँमा झरेको थियो।

चैत ११ गते बुधबार भने सुनको मूल्यमा बढोत्ती भएको थियो । सो दिन सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार बढोको सुनको मूल्य बिहीबार टिक्न सकेन । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेर दुई लाख ८५ हजार ६०० रुपैयाँमा झर्यो । साताको अन्तिम दिन चैत १३ गते, शुक्रबार नेपालीबजारमा सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वी क्षेत्रको युद्ध र भू–राजनीतिक तनाव कायमै रहेपनि सुन र चाँदीको मूल्यमा भने अपेक्षित वृद्धि हुनुको साटो निरन्तरको गिरावट भएको छ । यो अवधिमा विश्व बजारमा लगानीकर्ताहरू सुरक्षित लगानी ‘क्रुड अयल’ (कच्चा तेल) खरिद तर्फ आकर्षित हुँदा सुन चाँदीको मूल्य प्रभावित भएको जानकारहरुको बुझाई छ ।

comments powered by Disqus

सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।