Ipo.aspx merolagani - सुन र चाँदीकाे मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ काराेबार?

सुन र चाँदीकाे मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ काराेबार?

Mar 19, 2026 10:57 AM Merolagani

चैत ५ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दवैको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्य घट्दाे क्रममा रहेकाे छ ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

comments powered by Disqus

'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।