Ipo.aspx merolagani - प्रमोटर सेयरका धनी र ९ ठाउँमा जग्गा भएका अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?

प्रमोटर सेयरका धनी र ९ ठाउँमा जग्गा भएका अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?

Apr 12, 2026 08:39 PM Merolagani

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्, जसअनुसार उनीसँग देशका विभिन्न ९ स्थानमा जग्गा रहेको खुलासा भएको छ।

सार्वजनिक विवरणअनुसार वाग्लेको काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना र भैसेपाटीमा ४ आना जग्गा रहेको छ। यसबाहेक धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन तथा गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा समेत उनको जग्गा रहेको उल्लेख गरिएको छ।

सम्पत्ति विवरणमा उनीसँग ४५ तोला सुन रहेको देखिएको छ, जसलाई पारिवारिक स्रोत र रोजगारीबाट आर्जित भनिएको छ। साथै, विभिन्न कम्पनीहरूमा गरी करिब १ करोड ९० लाख रुपैयाँ नगद तथा लगानी रहेको उल्लेख छ।

त्यस्तै, सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरमा गरी झण्डै १ लाख कित्ता प्रमोटर सेयर रहेको छ भने अन्य करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर लगानी पनि रहेको देखिन्छ।

सवारी साधनतर्फ उनले करिब ९४ लाख रुपैयाँ मूल्य पर्ने ‘सुवानु एसभी’ गाडी पनि स्वामित्वमा राखेको विवरणमा उल्लेख गरिएको छ।

comments powered by Disqus

एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।