Ipo.aspx merolagani - एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM Merolagani

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।

पछिल्लो पटक नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले चैत्र २० गते दिएको राजीनामा चैत्र २३ गते स्वीकृत गरेको छ ।

यसअघि हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका थिए । उनले फागुन २५ गते नै राजीनामा दिएको भए पनि सो राजीनामा चैत्र ५ गते मात्रै स्वीकृत भएको हो । कम्पनीको अध्यक्षमा अहिलेसम्म कसैलाई पनि नियुक्ति गरेको छैन ।

यता हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष शुलभ अग्रवालले पनि अध्यक्षबाट राजीनामा दिएका छन्। उनको राजीनामा गत चैत्र २० गते स्वीकृति भएको छ भने अध्यक्षको बाँकी कार्यकालको लागि कम्पनीले नारायण बजाजलाई अध्यक्षमा नियुक्त गरेको छ।

त्यसैगरी बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष विदुर पुरीले दिएकाे राजीनामा चैत्र १९ गते स्वीकृत भएको छ।

यता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स अध्यक्ष ऋषिराम मोरले चैत्र ६ गते दिएको राजीनामा चैत्र १९ गते बसेको बोर्ड बैठकले स्वीकृत गरेको छ ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्टर एन्ड डेभलपमेन्ट लिमिटेडले चैत्र १६ गतेदेखि लागू हुने गरी पूर्व बैकर ज्ञानेन्द्रप्रसाद ढुंगानालाई अध्यक्षमा नियुक्त गरिएको छ । पूर्वअध्यक्ष सीताराम थपलिया भने अहिले सञ्चालकमा मात्र बसेका छन् ।

त्यसैगरी अपि पावर कम्पनी लिमिटेडले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराईलाई नियुक्त गरेको छ ।

comments powered by Disqus

शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।