Ipo.aspx merolagani - घट्यो तीन लाख नजिक पुगेकाे सुनकाे मूल्य

घट्यो तीन लाख नजिक पुगेकाे सुनकाे मूल्य

Apr 13, 2026 10:55 AM Merolagani

चैत ३० गते, सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यसदिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुनको मूल्य दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

comments powered by Disqus

सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।