Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Apr 09, 2026 10:51 AM Merolagani

चैत २६ गते, बिहीबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यसदिन सुन प्रतितोला चार हजार ३०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

comments powered by Disqus

घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।