Ipo.aspx merolagani - सुनको मूल्य बढ्यो, चाँदी घट्यो

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Apr 21, 2026 10:49 AM Merolagani

बैशाख ८ गते मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिदबिक्री भएको थियो।

 

comments powered by Disqus

धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।