Ipo.aspx merolagani - निरन्तर सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ आज काराेबार?

निरन्तर सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ आज काराेबार?

Apr 23, 2026 10:54 AM Merolagani

बैशाख १० गते बिहीबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ११० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुन चाँदीको मूल्य पछिल्लो दुई दिनमा निरन्तर घटेको हो ।

यस दिन चाँदी प्रतितोला पाँच हजार २० रुपैयाँ खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँ खरिदबिक्री भएको थियो। चाँदीको मूल्य पछिल्ला दिनमा निरन्तर घटेको छ।

comments powered by Disqus

धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।