Ipo.aspx merolagani - एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

Apr 24, 2026 10:23 AM Merolagani

बैशाख ११ गते, शुक्रबार, एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत चैत २६ गतेदेखि बैंशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख २७ हजार ११७ जनाले दुई करोड ९८ लाख ५१ हजार ३८० कित्ता शेयरको लागि आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ७८ हजार २० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।