Ipo.aspx merolagani - ट्रम्पसँगकाे वार्तामा सीले अमेरिकालाई 'पतन हुँदै गरेको राष्ट्र' भनेपछि ...

ट्रम्पसँगकाे वार्तामा सीले अमेरिकालाई 'पतन हुँदै गरेको राष्ट्र' भनेपछि ...

May 15, 2026 12:23 PM Merolagani

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकालाई 'पतन हुँदै गरेको राष्ट्र' भनेर टिप्पणी गरेका छन् ।

सीको उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीको सो अभिव्यक्ति आफ्नो प्रशासनप्रति नभई जो बाइडेन नेतृत्वको अघिल्लो प्रशासनप्रति लक्षित भएको बताएका छन् ।

बिहीबार बेइजिङमा सीसँगको शिखर वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा यस्तो प्रतिक्रिया दिएका हुन् । “जब राष्ट्रपति सीले निकै शिष्टतापूर्वक संयुक्त राज्य अमेरिकालाई सम्भवतः एक पतन हुँदै गरेको राष्ट्रका रूपमा उल्लेख गर्नुभयो, उहाँले ‘स्लिपी’ (सुस्त) जो बाइडेनको चार वर्षीय कार्यकालमा हामीले भोगेको ठूलो क्षतिको सन्दर्भमा भन्नुभएको हो,” ट्रम्पले भनेका छन् ।

comments powered by Disqus