Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः साढे ५ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः साढे ५ अंक घट्यो नेप्से

May 25, 2026 10:54 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १६.३८ अंक बढेर २७५८.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५५ अंक घटेर २७५२.९४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको १११ पटकको कारोबारमा १ करोड २ लाख ३१ हजार ३६१ रुपैयाँ २० पैसाबराबरको १३ हजार ३०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।