Ipo.aspx merolagani - एकै दिन सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढ्यो, चाँदीकाे मूल्य कति बढ्याे?

एकै दिन सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढ्यो, चाँदीकाे मूल्य कति बढ्याे?

May 31, 2026 10:44 AM Merolagani

जेठ १७ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको हो । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आमामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा सुकोको भन्सार महसुल यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई दोब्बर बनाएर २० प्रतिशत  पुर्याइएको छ। सोहीकारण आतबारको बजारमा सुनको मूल्य ह्वातै बढेको हो ।

यस दिन चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

 

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।