Ipo.aspx merolagani - सुनको मूल्य घट्यो, चाँदीकाे बढ्यो

सुनको मूल्य घट्यो, चाँदीकाे बढ्यो

May 27, 2026 10:46 AM Merolagani

जेठ १३ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे मूल्य बढेको छ। यसदिन सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

 

यस दिन चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।