Ipo.aspx merolagani - गत साता करिब १ प्रतिशत घटेकाे नेप्से, यस साता के होला?

गत साता करिब १ प्रतिशत घटेकाे नेप्से, यस साता के होला?

Jun 08, 2026 05:27 AM Merolagani

गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २७८२.१० विन्दुमा बन्द भएको नेप्से, गत साता ०.९६ प्रतिशत अर्थात २६.६९ अंक घटेर २७५५.४१ विन्दुमा बन्द भएको छ।

गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।

नाफा सुरक्षित गर्दा करेक्सन

अघिल्लो साता करिब १ प्रतिशत बढेर बन्द भएको नेप्सेमा गत साता सामान्य करेक्सन भएको छ। अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा गत साता नेप्सेमा करेक्सन भएको हो। यद्यपि नेप्से मूख्य गाढा हरियो ट्रेण्ड लाइनको ठिक माथि कारोबार भइरहेको छ। बजारका लागि यो ट्रेण्ड लाइनको साख जोगाइराख्न भोलीका दिनमा २७४५ देखि २७५० को क्षेत्रमा होल्ड गर्नु अनिवार्य छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले छोटो टुप्पी तथा पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। त्यस्तै, गत साताको अन्तिम दुई कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले गत साता र सो कारोबार दिनहरुमा बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। आगामी दिनमा नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, नेप्से ओरालो लागेमा भने २६४५ देखि २६९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम बलियो रहेका छ। गत साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २४.८२ प्रतिशत बढी हो।

कमजोर बुलिश प्रवृत्ति

गत साता नेप्सेको बुलिश प्रवृत्ति कमजोर हुन थालेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहे पनि यी दुई रेखाबीचको दूरी केही घट्न थालेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेपनि घट्दो क्रममा रहेको छ।

‘कन्सोलिडेट’ हुने सम्भावना

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड क्षेत्रबाट माथि जाँदै गर्दा ३९.६८ मा आइपुगेर केही सुस्ताएको छ। यसले बजार तत्कालै एकतर्फी रुपमा माथि जानुको साटो केही दिन यही दायरामा ‘कन्सोलिडेट’ हुन सक्ने सम्भावना देखाउँछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 
comments powered by Disqus

मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।