Ipo.aspx merolagani - विश्वकपको अर्काे पाटो, विश्वभरका यौनकर्मीहरुको ‘महामेला’का कारण यौन बजारमा आएको परिवर्तन र आर्थिक पक्ष

विश्वकपको अर्काे पाटो, विश्वभरका यौनकर्मीहरुको ‘महामेला’का कारण यौन बजारमा आएको परिवर्तन र आर्थिक पक्ष

Jun 28, 2026 06:11 PM Mero lagani

अहिले अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फिफा विश्वकप  संसारकै सबैभन्दा ठुलो खेलकुद उत्सव मात्र होइन, यो एक विशाल आर्थिक गतिविधि पनि हो। 

विश्वकपका बेला लाखौँको सङ्ख्यामा विदेशी पर्यटक, खेल प्रेमी र उच्च आर्थिक क्षमता भएका दर्शकहरू आयोजक राष्ट्रमा ओइरिन्छन् । मानिसहरूको यो ठुलो आवागमन र खर्च गर्ने प्रवृत्तिका कारण आयोजक सहरहरूमा एउटा समानान्तर र अनौपचारिक अर्थतन्त्र सक्रिय हुन्छ, जसको एउटा ठुलो हिस्सा यौन बजारसँग जोडिएको छ।

विश्वको यौन बजारको बारेमा अध्ययन अनुसन्धान गर्ने बेलायती वयस्क सेवा प्रदायक संस्था इरोबेलाले गरेको एक सर्भेक्षण अनुसार अहिले विश्वभरबाट करिब ३१ हजार यौनकर्मीहरु विश्वकप भैरहेका देशहरुमा पुगेका छन् । तीमध्ये निकै सानो संख्यामा पुरुषहरु रहेको र अधिकांश महिला यौनकर्मी रहेको संस्थाले बताएको छ । बेलायतबाट मात्रै ९ हजार यौनकर्मीहरु ‘सेवा प्रवाहको लागि’ ती देशहरुमा पुगेको र बाँकी एशियादेखि अफ्रिकासम्मका देशहरुबाट समेत यौनकर्मीहरु त्यहाँ पुगेको बताइएको छ ।

उक्त संस्थाकाअनुसार विश्वकपको अवधिमा आयोजक सहरहरूमा पुरुष पर्यटकहरूको सङ्ख्या अत्यधिक हुन्छ। त्यहीकारण महिला यौनकर्मीहरुको लागि विश्वकप छोटो समयमा धेरै कमाउने उपयुक्त मौका हो । ‘अर्थशास्त्रको नियम अनुसार, जहाँ थप खर्च गर्न मिल्ने पैसा (डिस्पोजेबल इनकम) भएका ग्राहकहरूको उपस्थिति बढ्छ, त्यहाँ वयस्क सेवा (Adult Services) को माग पनि तीव्र रूपमा आकासिन्छ।’ संस्थाको भनाइ उल्लेख गर्दै समाचार माध्यमहरुले लेखेका छन् ।

विश्वकपको समयमा यौन बजारमा सामान्य समयको तुलनामा अत्यधिक उच्च मूल्य (प्रिमियम रेट) कायम हुन्छ। यो क्षेत्रमा हुने आर्थिक कारोबारको स्वरूप निकै आक्रामक देखिन्छस्

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू (जस्तै IB times २०२६ को रिपोर्ट) का अनुसार, लस एन्जलस, न्युयोर्क र डल्लास जस्ता विश्वकप आयोजक सहरहरूमा प्रिमियम एस्कर्ट (Escort) हरूको न्यूनतम शुल्क प्रति दुई घन्टा २,००० डलर (करिब २ लाख ६५ हजार नेपाली रुपैयाँ) सम्म पुगेको छ । भीआईपी ग्राहक, धनाढ्य प्रशंसक र कतिपय अवस्थामा धनाढ्य खेलाडीहरूले एक रातको १०,००० डलर (करिब १३ लाख नेपाली रुपैयाँ) सम्म खर्च गर्ने गरेको तथ्याङ्क छ। यौनकर्मीहरुले दिने ‘फेण्टासी’को आधारमा मूल्य निर्धारण हुने गर्छ ।

त्यसमा कन्डम विहीन यौनको लागि ‘प्रिमियम’ रेट नै तोएिको इरोबेलाले उल्लेख गरेको छ । सामान्य समयमा सुरक्षित यौनका लागि दबाब हुने भए पनि, विश्वकपको बेला उच्च आर्थिक प्रलोभनका कारण कन्डम बिनाको असुरक्षित यौनका लागि ग्राहकहरूले ४० देखि ५७ प्रतिशत सम्म बढी रकम (Price Premium) अफर गरिरहेको यौनकर्मीहरूलाई स्वास्थ्य जोखिम मोलेरै पनि पैसाको लोभमा त्यस्तो गर्ने गरेको बताइएको छ ।

प्याकेज 
विश्वकपका बेला एजेन्सीहरूले 'फुटबल-थीम' आधारित वयस्क सेवाका प्याकेजहरू ल्याउँछन्।GFEBox जस्ता एजेन्सीहरूले खेल हेर्न आउने धनाढ्यहरूका लागि दैनिक २,५०० डलर बाट सुरु हुने गरी ट्राभल कम्प्यानियन (यात्रा साथी) प्याकेजहरू बिक्री गर्ने गरेको पाइन्छ।

comments powered by Disqus

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ