Ipo.aspx merolagani - रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

Jul 01, 2026 03:04 PM Merolagani

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन् । बुधवार पार्टीको केन्द्रिय कार्यालय, बनस्थलीमा आयोजित एक कार्यक्रममा उनीहरुले शपथ ग्रहण गरेका हुन् ।

पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यलाई शपथ गराएका थिए । गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रिय सदस्य निर्वाचित भएका थिए । शपथ समारोहपछि सभापति लामिछानेले सबै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका हुन्।

शपथग्रहणपछि रास्वपाको पहिलो केन्द्रिय समितिको बैठक पनि बुधवार नै बसेको छ । पहिलो बैठकले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै सदस्यलाई दिने निर्णय गरेको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । रास्वपाको लेखा आयोग प्रमुख अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुख भुवन केसी छन् ।

comments powered by Disqus

के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।