Ipo.aspx merolagani - डोल्पाको गैरीगाउँमा बाढीपहिरोः एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पाको गैरीगाउँमा बाढीपहिरोः एक महिलाको मृत्यु, ६ जना घाइते

Jul 05, 2026 08:28 AM Merolagani

लगातारको अविरल वर्षासँगै डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा बाढी र पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

शनिबार राति स्थानीय धुलाखोलामा आएको आकस्मिक बाढी र लेदोसहितको पहिरो बस्तीमा पस्दा यो क्षति भएको हो। बगायोजिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार राति करिब ३ः०० बजेको समयमा अचानक आएको बाढी घरभित्र पसेको थियो। घरमा सुतिरहेकै अवस्थामा बाढी र पहिरोको लेदोले बगाउँदा स्थानीय अन्दाजी ५५–५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको छ।

घटनामा परी अन्य ६ जना स्थानीयबासी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बाढीले गैरीगाउँका केही घरहरूमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने खेतीयोग्य जमिन समेत पुरेको छ। घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको टोलीले रातभरी उद्धार कार्य जारी राखेका थिए। लगातारको वर्षा र भेरी कोरिडोर सडकखण्ड अवरुद्ध भएका कारण विकट क्षेत्रमा राहत र थप उद्धार सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ।

comments powered by Disqus

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ