Ipo.aspx merolagani - प्रधानमन्त्री बालेनसँगकाे भेटपछि एडिबीका अध्यक्षले सामाजिक सञ्जालमार्फत ३ खर्ब २० अर्ब रुपैयाँ बढी सहयोग गर्ने घोषणा

प्रधानमन्त्री बालेनसँगकाे भेटपछि एडिबीका अध्यक्षले सामाजिक सञ्जालमार्फत ३ खर्ब २० अर्ब रुपैयाँ बढी सहयोग गर्ने घोषणा

Jul 07, 2026 01:52 PM Merolagani

एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासातो कान्डाले नेपालका प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेट गरेका छन् । 

भेटपछि सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सन्देश जारी गर्दै कान्डाले प्रधानमन्त्री शाहसँग भेट्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको र उनले पाएको बलियो जनमतका लागि बधाई दिएको उल्लेख गरेका छन्।

भेटका क्रममा कान्डाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानीका लागि प्रधानमन्त्रीले अघि सारेका महत्त्वाकांक्षी सुधारका योजनाहरूमा एडिबीको बलियो प्रतिबद्धता रहने स्पष्ट पारे।

नेपालको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा स्थापित हुँदै एडिबीले प्रधानमन्त्रीको सोच र योजनालाई तल्लो तहसम्म परिणाममुखी बनाउन सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी) सहयोग गर्ने घोषणा गरेको छ।

विगत ६० वर्षदेखि नेपाल र एडिबीले विभिन्न अप्ठ्यारा परिस्थिति, पुनर्उत्थान र प्रगतिका चरणहरूमा सहकार्य गर्दै आएका छन्। यस अवधिमा सुरक्षित विद्यालय, स्वच्छ ऊर्जा, बलियो पूर्वाधार र राम्रा अवसरहरू सिर्जना गर्न दुवै पक्षले मिलेर काम गरेको कान्डाले स्मरण गरेका छन्।

कान्डाले आगामी दिनमा पनि नेपालका जनताका लागि ठोस र दिगो प्रगति हासिल गर्न प्रधानमन्त्री र उनको सरकारसँग निकट रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन्।

comments powered by Disqus

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ