Ipo.aspx merolagani - जयविर सिंह देउवालाई उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागकाे सूचना

जयविर सिंह देउवालाई उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागकाे सूचना

Jul 07, 2026 11:03 AM Merolagani

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका क्रममा जयविर सिंह देउवालाई विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

विभागले प्रकाशित सूचनाअनुसार प्रसाद सिंह देउवाका नाति तथा शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा (उमेर करिब ३१ वर्ष), स्थायी ठेगाना डडेलधुरा जिल्ला, साविक असिग्राम गाविस–५ तथा हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ निवासीलाई अनुसन्धानका सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएकाले हाजिर हुन भनिएको हो।

सूचनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको ‘बी’ ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। उक्त सूचना २०८३ साल असार २३ गते प्रकाशित गरिएको हो।

comments powered by Disqus

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ