Ipo.aspx merolagani - सुनचाँदीको मूल्य घट्ने क्रम जारी

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Jul 08, 2026 11:44 AM Merolagani

असार २४ गते, बुधबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्ने क्रम जारी छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुन तोलामा दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रम जारी छ ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलामा चार हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।