Ipo.aspx merolagani - याे साता सुनको मूल्यमा निरन्तरको गिरावट

याे साता सुनको मूल्यमा निरन्तरको गिरावट

Jul 11, 2026 05:46 AM Merolagani

गत असार १९ गतेको तुलनामा असार २६ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोलामा तीन हजार ३०० रुपैयाँले गिरावट भएको छ । यस साता सुनको मूल्य निरन्तर रुपमा घटेको हो ।

नेपाल सुनचादी व्यवसायी महासंघकाअनुसार, गत असार १९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा असार २६ गतेसम्म आइपुग्दा सुनको मूल्य घटेर दुई लाख ८७ हजार ४०० रुपैयाँ आइपुगेको छ । महासंघकाअनुसार, गत असार २१ गते आइतबार अघिल्लो दिनको तुलनामा सुन ४०० रुपैयाँले घटेर उक्त दिन दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, असार २२ गते सोमबार पनि सुनको मूल्य घटेको थियो । उक्त दिन प्रतितोला ९०० रुपैयाँले घटेर सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार २३ गते मंगलबार पनि सुनको मूल्यले घट्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा उक्त दिन एक हजार ४०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, असार २४ गते बुधबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन । अघिल्लो दिनको तुलनामा उक्त दिन ९०० रुपैयाँले घटेर सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, असार २५ गते पनि सुनको मूल्य घट्यो । अघिल्लो दिनको तुलनामा उक्त दिन दुई हजार ४०० रुपैयाँले घटेर सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार २६ गते पनि सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेर उक्त दिन दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।