Ipo.aspx merolagani - आफ्नो हत्याको प्रयास गरिए इरानमाथि भीषण मिसाइल आक्रमण गर्ने ट्रम्पको चेतावनी

आफ्नो हत्याको प्रयास गरिए इरानमाथि भीषण मिसाइल आक्रमण गर्ने ट्रम्पको चेतावनी

Jul 12, 2026 11:44 AM Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानमाथि ठूलो संख्यामा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले त्यस्तो कदम चालेमा अमेरिकाले शुरुमा १ हजार वटा मिसाइल प्रहार गर्ने र त्यसलगत्तै थप हजारौं मिसाइलहरूद्वारा आक्रमण गरिने बताए ।

ट्रम्पले अमेरिकी सेनालाई यसका लागि तयारी अवस्थामा रहन आवश्यक आदेश दिइसकेको दाबी समेत गरे । उनकाअनुसार यो सैन्य तयारी एक वर्षको अवधिका लागि गरिएको छ र आवश्यकता अनुसार यसको समय सीमा थप विस्तार गर्न सकिनेछ । इरानले आफ्नो हत्या गर्ने योजना बनाएको भन्ने रिपोर्टहरू सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो ।

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।