Ipo.aspx merolagani - बलियो टेवा क्षेत्रमा मन्दाकिनी हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

बलियो टेवा क्षेत्रमा मन्दाकिनी हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Jul 12, 2026 06:03 PM Merolagani

गत साता जलविद्युत उपसमूहको परिसूचक २.६७ प्रतिशत घटेको छ। अघिल्लाे साता ३६९२.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ९८.४३ अंक घटेर ३५९४.१८ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, मन्दाकिनी हाइड्रोपावर लिमिटेड (MHL)।

 

गत साता सो कम्पनीको शेयरमूल्य ४ रुपैयाँ ९० पैसा घटेको छ। अघिल्लाे साताको अन्तिम कारोबार दिन ४७६ रुपैयाँ ८० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, गत साता घटेर ४७१ रुपैयाँ ९० पैसा कायम भएको छ।

 

बलियो टेवा क्षेत्रमा

गत मार्च–अप्रिलदेखि लगातार घट्दो क्रममा रहेको यस कम्पनीको शेयरमूल्य हाल एउटा बलियो टेवा क्षेत्रमा पुगेर फर्किन खोजिरहेको देखिन्छ। कम्पनीको शेयरमूल्यले हालै आफ्नो च्यानल सपोर्टलाई तोडेर तल झरेसँगै बलियो टेवा क्षेत्रमा पुगेको हो। हाल कम्पनीको टेवा क्षेत्र ४५५ देखि ४७५ सम्म रहेको छ। यस अघि पनि धेरै पटक कम्पनीको शेयरमूल्य सो क्षेत्रमा फर्किसकेको छ। आगामी दिनमा कम्पनीके शेयरमूल्य उकालो लागेमा ५४५ देखि ५६५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बियरिश प्रभाव

हाल कम्पनीको मूल्य १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजभन्दा तल रहेको छ। यसले कम्पनीको शेयरमा अझै पनि अल्पकालीन र मध्यकालीन रुपमा बियरिश प्रभाव रहेको संकेत गर्दछ। कम्पनीको शेयरमूल्यमा बुलिश प्रभाव गर्न कम्तीमा ४८० देखि ४९० भन्दा माथि बन्द हुनु पर्दछ।

एआई सिग्नल

मेरोलगानी एआईले हालसम्म कम्पनीमा १३ सिग्नल दिइसकेको छ। जसमध्ये ८ सिग्नल सफल भएको थियो भने ५ सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

भोल्यूम ड्राइआउट

हाल कम्पनीको भोल्यूम एकदमै कम छ। साताको अन्तिम कारोबार दिन कम्पनीको दैनिक भोल्यूम १ हजार ३७७ कित्ता रहेको छ भने २० दिने औषत भोल्यूम ५ हजार ८१३ कित्ता रहेको छ। मूल्य घट्दा वा बेस बनाउँदा भोल्यूम ड्राइआउट हुनुले अहिले सो मूल्यमा बिक्रेताहरु शेयर बिक्री गर्न तयार छैनन् भन्ने संकेत गर्दछ।

बुलिश क्रशओभर

साताको अन्तिम कारोबार दिन कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथितर्फ लाग्न खोजेको जस्तो देखिन्छ। यदि यस्तो भएमा बुलिश क्रशओभर बन्नेछ जसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड १० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ३ करोड ६६ लाख ७९ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.२७ प्रतिशत बढेर ९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७ करोड ६७ लाख रुपैयाँबाट बढेर ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४ करोड ६५ लाख रुपैयाँबाट घटेर ४ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

६४ करोड ६७ लाख ६७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ८ करोड ६९ लाख २२ हजार रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४७ पैसा रहेको छ भने बुकभ्यालु ११३ रुपैयाँ ४४ पैसा रहेको छ। गत साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ५५.७१ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ४.१६ गुणा रहेको छ।

आधारभुत अवस्था

हाल नेप्सेमा कम्पनीको ६४ लाख ६७ हजार ६७०.८५ कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ५१० रुपैयाँ ७५ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६६४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४४५ रुपैयाँ रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ५ करोड २० लाख ९३ हजार ८७४ रुपैयाँ १२ पैसा रहेको छ।

ब्रोकर ७७ बाट सर्वाधिक खरिद

गत साता ब्रोकर नम्बर ७७ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको १५ हजार ७३० कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, गत साता कम्पनीको शेयर सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर भने ५८ रहेको छ। सो ब्रोकरले गत साता कम्पनीको १५ हजार ८२० कित्ता शेयर बिक्री गरेको छ। गत साता ब्रोकर ५८ ले कम्पनीको ७ हजार ५४६ कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर २२ ले ३ हजार ९८४ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।