Ipo.aspx merolagani - गत करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jul 13, 2026 06:31 AM Merolagani

गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २६५३.४० विन्दुमा बन्द भएको नेप्से, गत साता १.९८ प्रतिशत अर्थात ५२.६२ अंक घटेर २६००.७८ विन्दुमा बन्द भएको हो।

सो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।

डिफेन्स गर्ने संघर्ष

गत साता नेप्से परिसूचक २६०० को मनोवैज्ञानिक टेवा विन्दुमा बन्द भएको छ। साताको अन्तिम कारोबार दिन बजार खुलेर ओरालो लागेपनि इन्ट्रा डेमा लगानीकर्ताहरुले तानेर २६२३ विन्दुसम्म पुर्याएका थिए। यद्यपि, अन्त्यमा भने २६०० विन्दुमा झरेर बन्द भएको थियो। बजार तलबाट फर्कनु र सानो बडी बन्नुले २६०० को लेभलमा लगानीकर्ताहरुले बजारलाई डिफेन्स गर्न संघर्ष गरिसकेको संकेत गर्दछ।

बियरिश प्रभाव

गत साता नेप्से परिसूचक १० दिने, २५ दिने, १०० दिने र ५० दिने मुभिङ्ग एभरेजभन्दा धेरै तल झरिसकेको छ। यी सबै एभरेजभन्दा नेप्से तल हुनुले मध्यम र दीर्घकालीन ट्रेण्ड पनि बियरिश रहेको संकेत गर्दछ। हाल बजारको लागि छोटो अवधिको सबैभन्दा प्रमुख प्रतिरोध १० दिने मुभिङ्ग एभरेज बनेको छ। बजार माथि जान खोज्दा सोही रेखाले दबाब दिइरहेको देखिन्छ।

बढ्दो भोल्यूम

गत साता अधिकांश कारोबार दिन, नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा बढी देखिएको छ। बजार यस्तो संवेदनशील टेवा क्षेत्रमा झर्दा भोल्यूम बढ्नुले ‘प्यानिक सेलिङ्ग’ भएको वा ‘एकुमुलेशन भएको’ संकेत गर्दछ। तर, दैनिक कारोबार हेर्ने हो भने नेप्सेको भोल्यूम ऋणपत्रको कारोबारले बढाएको देखिन्छ। आर्थिक वर्षको अन्त्य नजिकिएसँगै ऋणपत्रमा लगानीकर्ताहरु आकर्षित हुँदा कारोबार रकम बढ्न पुगेको देखिन्छ।

बियरिश मोमेन्टम कायम

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै शून्य रेखाभन्दा निकै तल झरेका छन्। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा नै छ। यसले बजारमा बियरिश मोमेन्टम कायम रहेको संकेत गर्दछ।

रिकभरीको असफल प्रयास

नेप्से अघिल्लो रिकभरीको प्रयासमा असफल भएके छ। अघिल्लो साता टेक्निकल बाउन्सको सुरुवात भएको संकेत गरेको नेप्सेको स्टकास्टिक आरएसआई गत साता पुनः ओभरसोल्ड जोनमा झरेको छ। यसले बजारमा बिक्रीचाप बढेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।