Ipo.aspx merolagani - ठूला विद्युतीय सवारीको कर्जाको मूल्य अनुपात बढेसँगै नाडाले भन्यो, ‘निर्णय सकारात्मक छ सबैखाले इभीमा लागू हुनुपर्छ’

ठूला विद्युतीय सवारीको कर्जाको मूल्य अनुपात बढेसँगै नाडाले भन्यो, ‘निर्णय सकारात्मक छ सबैखाले इभीमा लागू हुनुपर्छ’

Jul 16, 2026 12:07 PM Merolagani

सरकारले सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारीको कर्जाको मूल्य अनुपात (लोन टु भ्यालू रेसियो) बढाएकोमा अटो व्यवसायीले निर्णयको स्वागत गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोशिएसनले सरकारको कमद स्वागतयोग्य र सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

‘सरकारको यो निर्णयलाई सकारात्मक रुपमा नै लिएका छौं,’ नाडाका महासचिव मिलनबाबु मल्लले मेरो लगानीसँग भने । उनका अनुसार, हालका लागि २५ सिटभन्दा माथिका विद्युतीय सवारीका हकमा ८० प्रतिशत कर्जाको सीमा तोकिनु स्वागतयोग्य नै छ । नाडाले विगतदेखि नै सबै क्षमताका विद्युतीय सवारीको कर्जाको सीमा ८० प्रतिशत हुनुपर्ने नै माग गर्दै आएको उनले बताए ।

‘हामीले त सबै विद्युतीय गाडीका लागि कर्जाको सीमा ८० प्रतिशत हुनुपर्छ भनेर माग गर्दै आएका हौं । तथापी पनि सरकारले सार्वजनिक यातायातमा प्रयोग हुने ठूला इभी गाडीका लागि न्यायोचित निर्णय गरेको छ,’ उनले भने।

यसअघि ठूला विद्युतीय सवारीको कर्जाको सीमा ६० प्रतिशत थियो । वर्तमान सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लले बजेटमार्फत सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारी कर्जाको मूल्य अनुपात समायोजन गर्ने घोषणा गरेअनुसार नेपाल राष्ट्र बैंकले कर्जाको मूल्य अनुपात ८० प्रतिशत पुर्याएको जनाएको छ ।

comments powered by Disqus

यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।