Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः करिब साढे ३ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब साढे ३ अंक बढ्यो नेप्से

Jul 28, 2026 10:52 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४४ अंक बढेर २७०४.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६० स्टकको ९८ पटकको कारोबारमा ३६ लाख ५८ हजार ३१३ रुपैयाँ ५० पैसाबराबरको ८ हजार ४६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।