Ipo.aspx merolagani - प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

Jul 29, 2026 05:40 PM Mero lagani

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । 

पन्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लेबुधबार दिउसो काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको छ।

कर्जा रकम दुरूपयोग गरेको कसुरमा नियन्त्रणमा लिएको हो। उनीमाथि रुपन्देहीको एशियन भिलेज रिसोर्ट प्रालिलाई ४८ करोड रुपैयाँ कर्जा दिंदा अनियमितता गरेको लगायतका आरोपहरु लाग्दै आएको थियो । उक्त कम्पनीका अध्यक्ष शशि पौडेललाई सिआइबीले असार ३० गते पक्राउ गरेको थियो।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।