Ipo.aspx merolagani - सुनको मूल्य घट्यो, चाँदीकाे भने बढ्यो

सुनको मूल्य घट्यो, चाँदीकाे भने बढ्यो

Jul 29, 2026 10:55 AM Merolagani

साउन १३ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।