Ipo.aspx merolagani - सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीको विशेष पहल : अर्थमन्त्री डा. वाग्ले

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीको विशेष पहल : अर्थमन्त्री डा. वाग्ले

Jul 29, 2026 11:57 AM Merolagani

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन्।

केही दिनदेखि अशान्त रहेको सुनसरीको स्थितिका सन्दर्भमा बुधबार बिहान सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन्। सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीले पर्याप्त पहल लिइरहेको वाग्लेको भनाइ छ।

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्री अत्यन्तै गम्भीर रहेको अर्थमन्त्रीले बताए। प्रधानमन्त्रीकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको र राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको उनले जानकारी दिए।

सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि उनले राजनीतिक दलको नेतृत्वलाई अवगत गराए। सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीलाई जानकारी गराउने भन्दै उनले सबैको प्रयत्नमा साझा समाधान खोजिनुपर्नेमा जोड दिए।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।