Ipo.aspx merolagani - भारतबाट इन्धनको मूल्य दोहोरो अङ्कले बढेर आयो: नेपालमा पनि मूल्य बढ्ने निश्चित, कति बढ्ला ?

भारतबाट इन्धनको मूल्य दोहोरो अङ्कले बढेर आयो: नेपालमा पनि मूल्य बढ्ने निश्चित, कति बढ्ला ?

Aug 02, 2026 02:23 PM Merolagani

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्ने संकेत देखिएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीमा इन्धनको मूल्य 'दोहोरो अङ्क'ले बढेर आएपछि नेपाली बजारमा पनि मूल्य बढ्ने निश्चित भएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै आईओसीले हरेक १५ दिनमा पठाउने मूल्यसूची अन्तर्गत हिजो (१ तारिख) पठाएको दररेटमा ठुलो वृद्धि देखिएको छ। निगम स्रोतका अनुसार यसपटक भारतबाट इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँभन्दा बढी अर्थात् दोहोरो अङ्कले बढेर आएको छ।

किन बस्दै छ सञ्चालक समितिको बैठक ?

स्वचालित मूल्य प्रणाली अनुसार २ रुपैयाँ वा करिब १ प्रतिशतसम्म मूल्य हेरफेर गर्ने अधिकार निगम व्यवस्थापनलाई हुन्छ। तर, यसपटक प्राप्त मूल्य १ प्रतिशतभन्दा धेरैले बढेर आएका कारण मूल्य समायोजनका लागि अनिवार्य रूपमा सञ्चालक समितिको निर्णय आवश्यक परेको हो।

कानुनी व्यवस्था अनुसार २ रुपैयाँभन्दा बढी मूल्य बढाउनु वा घटाउनु परेमा निगमको सञ्चालक समितिको बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ। हिजो शनिबार सार्वजनिक बिदा परेका कारण सञ्चालक समितिको बैठक बस्न नसकेकाले नयाँ मूल्यसूची सार्वजनिक गर्न ढिलाइ भएको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नयाँ मूल्यमा ठुलो परिवर्तन देखिएकाले सञ्चालक समितिको बैठकपछि मात्र आधिकारिक रूपमा मूल्य समायोजनको निर्णय हुनेछ।

को-को छन् सञ्चालक समितिमा ?

हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी निगमको सञ्चालक समितिको अध्यक्ष छन्। समितिका अन्य सदस्यहरूमा उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, अर्थ मन्त्रालयका सहसचिव शङ्करबहादुर केसी, गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी र वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटा छन्। त्यस्तै, विज्ञ सदस्यका रूपमा नरबहादुर ऐर, सदस्य सचिवमा इन्जिनियर दीपक बराल र आमन्त्रित सदस्यमा आधिकारिक ट्रेड युनियनका वीरेन्द्रबहादुर चन्द  छन्।

 

आईओसीबाट मूल्य बढेर आएका कारण उपभोक्ताले अब पेट्रोलियम पदार्थका लागि बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। सञ्चालक समितिको बैठक छिट्टै बसेर नयाँ मूल्य कार्यान्वयनमा ल्याउने तयारी निगमले गरेको छ।

comments powered by Disqus

साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।