Ipo.aspx merolagani - अर्थमन्त्री डा.वाग्लेले बैंकका सीईओहरूलाई सोधे–ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेन?

अर्थमन्त्री डा.वाग्लेले बैंकका सीईओहरूलाई सोधे–ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेन?

Aug 04, 2026 06:06 PM Merolagani

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थतन्त्रलाई पुनः गतिशीलता प्रदान गर्न र निजी क्षेत्रको आत्मविश्वास बढाउन बैंकिङ क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ गर्नेमा जोड दिएका छन् ।

वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम रहेको उल्लेख गर्दै उनले बचतकर्ता, उद्यमी, किसान, उद्योगी, लगानीकर्ता र नयाँ व्यवसायी सबैको केन्द्रमा बैंकिङ प्रणाली रहने भएकाले बजारको वास्तविक मनोविज्ञान र अपेक्षा उनीहरूले नै महसुस गर्ने बताए ।

बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिसकिएको र अबको मुख्य ध्यान कार्यान्वयनमा रहेको अर्थमन्त्रीको वाग्लेको भनाइ थियो । अर्थतन्त्रमा देखिएका वर्तमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव सुन्न यो छलफल आयोजना गरिएको उनले प्रष्ट पारे। नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने साझा लक्ष्य पूरा गर्न सरकारले नियामकीय, कानुनी र संस्थागत सुधारका प्रक्रियाहरू अगाडि बढाइरहेको उनले जानकारी दिए ।

छलफलका क्रममा अर्थमन्त्रीले कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन र बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन तथा लगानीमा किन रूपान्तरण हुन सकिरहेको छैन भन्ने विषयमा गम्भीर प्रश्न उठाए । व्यवसायीहरू किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् र यसको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वास कहाँ निहित छ भन्ने विषयमा खुला छलफलको आवश्यकता औंल्याए । उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक पर्ने संरचनागत सुधार, मौद्रिक नीति, नियमन र सुपरिवेक्षणका नयाँ दृष्टिकोण तथा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने उपायहरूका बारेमा बैंकरहरूसँग स्पष्ट र निष्कपट धारणा माग गरेका थिए।

छलफल समस्या पहिचानमा मात्र सीमित नरही समाधान, समयसीमा र जिम्मेवारीसहित अगाडि बढ्ने कार्यशाला भएको बताउँदै अर्थमन्त्रीले कानुनी सुधार, प्रक्रियागत फेरबदल र संस्थागत समन्वय आवश्यक पर्ने ठाउँमा सरकार निर्णय लिन पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे । सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमनकारी निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएकाले आर्थिक वृद्धि, लगानी विस्तार र वित्तीय स्थायित्वको उद्देश्य प्राप्त गर्न छलफलका निष्कर्षलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गरिने उनले स्पष्ट पारे ।

comments powered by Disqus

साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।