Ipo.aspx merolagani - पाँचथर पावर कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

पाँचथर पावर कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

Aug 09, 2026 10:56 AM Merolagani

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ८ करोड ९० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकर इक्यूपमेण्ट समेत क्षति भएका कारण अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीमार्फत कुनै आम्दानी गर्न सकेको थिएन। सोको मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएका कारण अघिल्लो आर्थिक वर्षको विद्युत बिक्री आम्दानीमा कमी आएको हो।

विद्युत बिक्री आम्दानी भएसँगै कम्पनी नाफामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ५१ लाख रुपैयाँ नाफामा पुगेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको कुल नाफा ३७ करोड ७८ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च १३ करोड ६४ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.३० गुणा रहेको छ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।