Ipo.aspx merolagani - हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब २० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी कुल सञ्चालन आम्दानी १२.६७ प्रतिशत बढेर ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको खुद बिक्री आम्दानी समीक्षा अवधिमा १७.८८ प्रतिशत बढेको छ भने कुल नाफा ४३.२५ प्रतिशत बढेको छ। कम्पनीको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३१.९५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८ पैसा बढेर ३२ रुपैयाँ ७१ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.८५ गुणा रहेको छ।

३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।