Ipo.aspx merolagani - ग्यासमा कालोबजारी गर्ने कारवाहीमा, डिपो डिपोमा खटिए सादा पोसाकका प्रहरी

ग्यासमा कालोबजारी गर्ने कारवाहीमा, डिपो डिपोमा खटिए सादा पोसाकका प्रहरी

Aug 09, 2026 11:29 AM Merolagani

बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने गिरोहमाथि सरकारले कडा निगरानी सुरु गरेको छ। भारतबाट हुने ग्यास आयातमा कुनै अवरोध नभए पनि बजारमा एकाएक अभाव देखिएपछि गृह र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

ग्यासको मौज्दात हुँदाहुँदै पनि उपभोक्तालाई रित्तो सिलिन्डर फर्काउने र लुकिछिपी महँगोमा बिक्री गर्ने उजुरी बढेपछि उद्योगमन्त्री गौरी यादवले यसमा गम्भीर चासो देखाएकी थिइन। मन्त्री यादवले “आपूर्ति सहज हुँदाहुँदै कृत्रिम संकट खडा गरेर जनतालाई सास्ती दिने कार्य सह्य नहुने“ भन्दै गृहमन्त्री सुदन गुरुङसँग तत्काल अनुगमन र हस्तक्षेपका लागि आग्रह गरिन ।

मन्त्री यादवको आग्रह र जनगुनासोलाई सम्बोधन गर्दै आइतबार बिहानैदेखि प्रहरीलाई ’एक्सन’मा उतारिएको हो। उपत्यकाका बिक्री केन्द्र र डिपोहरूमा सादा पोसाकका प्रहरीले ग्राहक बनेर निगरानी गरिरहेका छन्।

ग्यास लुकाएर स्टक राखेमा,कृत्रिम अभाव देखाएर उपभोक्तालाई फिर्ता पठाएमा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेमा कारवाही हुने छ ।

गृह मन्त्रालयका अनुसार यदि कुनै डिपो वा बिक्रेताले बदमासी गरेको भेटिएमा उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर हदैसम्मको कानुनी कारबाही गरिनेछ। काठमाडौँ उपत्यकाको यो अनुगमनको नतिजा हेरेर आवश्यकता अनुसार देशभरका अन्य जिल्लामा पनि सादा पोसाकका प्रहरी परिचालन गरी बजारलाई सन्तुलित बनाउने सरकारको तयारी छ। आपूर्ति व्यवस्था सामान्य रहेको अवस्थामा उपभोक्तालाई नआत्तिन र कतै कालोबजारी भएको पाइएमा तुरुन्तै प्रशासनलाई खबर गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

comments powered by Disqus

नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।