Ipo.aspx merolagani - २० बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग अर्थमन्त्रीको छलफल, लगानी र सहजीकरणबारे संवाद गरिने

२० बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग अर्थमन्त्रीको छलफल, लगानी र सहजीकरणबारे संवाद गरिने

Aug 10, 2026 11:56 AM Merolagani

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग आज विशेष छलफल गर्दै छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनको पूर्वतयारी तथा सुझाव संकलनका लागि सुरु गरिएको छलफल शृङ्खलाअन्तर्गत आज यी कम्पनीहरूसँग संवाद हुन लागेको हो। मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने उक्त छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरूलाई आमन्त्रण गरिएको छ।

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले प्रदान गरेका सुविधाहरूको प्रभावकारिता, उनीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या र नेपालमा थप लगानी विस्तारका सम्भावनाबारे जानकारी लिने छन । विशेषगरी, रोजगारी सिर्जना र लगानीको प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने नीतिगत तथा व्यावहारिक सहजीकरणका सम्बन्धमा मन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका हुन्।

मन्त्री वाग्लेले व्यवसायीहरूलाई आफ्ना समस्या र सरकारबाट अपेक्षित सहयोगका बारेमा लिखित रूपमा विवरण पेश गर्न समेत आग्रह गरे। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्रीले सरोकारवालाहरूसँगको छलफललाई तीव्रता दिएका छन् । यसै शृङ्खलाअन्तर्गत उनले यसअघि नेपालका ३३ ठूला औद्योगिक घरानाका प्रतिनिधि, 'क' वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले राजस्वमा ठूलो योगदान पुर्याउँदै आएका छन्। सरकारले उनीहरूका समस्या सम्बोधन गरी थप वैदेशिक लगानी भित्रयाउने वातावरण बनाउन यो छलफल आयोजना गरेको मन्त्रालयले जनाएको छ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।