Ipo.aspx merolagani - नेपालको पुँजी बजारमा इन्ट्रा–डे र सर्ट सेलको सान्दर्भिकता, अवसर र चुनौती

नेपालको पुँजी बजारमा इन्ट्रा–डे र सर्ट सेलको सान्दर्भिकता, अवसर र चुनौती

Aug 11, 2026 11:10 AM Merolagani

सुधा देवकोटा
नेपालको धितोपत्र बजार वित्तीय आधुनिकीकरण र संरचनात्मक रूपान्तरणको तयारीमा लागेको छ । परम्परागत रूपमा शेयर किन्नेबेच भइरहेको बजारमा आधुनिक तर्फ डोर्याउने बहसको सुरुवात भएको हो ।

अहिलेको बजारमा एकतर्फी रुपमा लगानी भइरहेको छ। अर्थात कम्पनीको शेयर मूल्य बढेपछि मात्र बेच्दा नाफा आर्जन हुन्छ। यस्तो बजारमा अभ्यस्त भएको अवस्थामा नेपाल धितोपत्र बोर्डले अघि सारेको इन्ट्रा डे कारोबार र सर्ट सेलको अवधारणाले वित्तीय नवयुगको सुरुवात गर्न खोजिएको आम बुझाई छ। यस्ता वित्तीय उपकरणहरूले नेपाली शेयर बजारलाई परिपक्व, बहुआयामिक र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गतिशील बनाउने अपेक्षा गरिएको छ।

नेपाल धिताेपत्र बोर्ड अध्यक्षका डा. गोपाल प्रसाद भट्टले यस व्यवस्था बजारलाई थप गतिशील र परिपक्व बनाउन आवश्यक रहेको बताएका छन् । यसलाई छिट्टै चरणवद्ध रुपमामा कार्यान्वयन ल्याउनेमा उनको जोड देखिन्छ। व्यवस्था लागू भएपछि बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले नाफा कमाउन सक्ने र बजारको तरलता तथा मूल्य निर्धारण थप प्रभावकारी हुने भट्टको तर्क छ।

इन्ट्रा–डे र सर्ट सेल शेयर बजारमा तरलता र कारोबारको परिमाण बढाउनका लागि चरणवद्ध रूपमा लागू गरिने प्रणालीहरू भएको क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज अथार्त ब्रोकर नं. ५० का अध्यक्ष प्रियराज रेग्मीको समेत बुझाई छ। इन्ट्रा डे अन्तर्गत एकै दिनमा शेयर किनबेच गरी नेट सेटलमेन्ट गरिन्छ भने सेटलमेन्ट हुन नसकेका कारोबारलाई अक्सन मार्केटमार्फत समाधान गर्न सकिने रेग्मीले मेरोलगानीसँग भने । सर्ट सेलमा आफूसँग नभएको शेयर सापट लिएर बेच्न सकिने हुनाले यसका लागि कानुनी सुधार र सेक्युरिटिज लेण्डिङ्ग एण्ड बोरोईङ्गको बलियो संयन्त्र आवश्यक पर्छ। यी सुविधाहरू आगामी ३ देखि ६ महिनामा इन्ट्रा–डे र करिब एक वर्षभित्र सर्ट सेल पूर्ण रूपमा कार्यान्वयनमा आउन सक्ने रेग्मीको बुझाई छ ।

बोर्ड सहित सरोबारवालाहरुले देखाएको सक्रियता र नीतिगत निर्देशहरूले समग्र लगानीकर्ता माझ नयाँ उत्साह ल्याएको छ । यद्यपि, प्रविधि, नियमन र बजारको परिपक्वताका दृष्टिकोणले यस नयाँ अवसर र चुनौती दुवैको प्रचुर सम्भावना भएकोमा भने सचेत रहनुपर्ने सिडीएससीका पूर्वप्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । 'नेपाली बजारमा अत्याधुनिक वित्तीय उपकरणको आवश्यक छ । तर त्यसबाट हुने लगानी जोखिमको लागि नेपालको बजार तयार छ वा छैन भन्ने विषयमा विश्लेषण गरेर मात्रै लागु गर्नुपर्छ', उनले भने । नेप्सेमा इन्ट्रा–डे र सर्ट सेल सुविधाहरू सञ्चालन गर्न पूर्व आईटी सफ्टवेयर र हार्डवेयर जस्ता पूर्वाधारहरूको विकास गर्नुपर्ने आचार्यको जोड छ । यसका लागि स्पष्ट नियम र कार्यविधिहरू लिखित रूपमा आउनुपर्ने र सोही आधारमा सिस्टम तयार गर्नुपर्ने पर्ने आर्चायको भनाई छ।

 

नेपाली पुँजी बजारको परम्परावादी प्रकृतिको छ। बजार बुल र वियर चक्रीय प्रवृतिमा चलेको हुन्छ। अर्थतन्त्रमा हुने मन्दीले शेयरको मूल्य लगातार घट्दा ठूलो नोक्सानी बेहोर्न बाध्यता लगानीकर्ताहरूसँग छ। लगानीकर्ता बजारको निरन्तर गिरावट पर्खे बस्नु पर्ने हुन्छ । लगानीकर्ताले चाहेर बदल्न सक्दैनन। यस्तो अवस्थामा इन्ट्रा–डे र सर्ट सेलको सान्दर्भिकताले बजारलाई तरंगित गराएको हो ।

बजारबाट अवसरहरु पर्खेका लगानीकर्ताका लागि यस व्यवस्था लाभदायी हुन सक्छ । एकै दिनभित्र मूल्यको उतारचढावबाट तत्काल लाभ लिन सकिने इन्ट्रा–डे र आफूसँग नभएको शेयर उच्च मूल्यमा बेचेर पछि सस्तोमा खरिद गरी फरफारक गर्न मिल्ने सर्ट सेलले लगानीकर्तालाई यि दुवै आयामले वित्तीय रणनीति प्रदान गर्नेछ।

यसले लगानीकर्तालाई बजार बढेको बेला मात्र होइन, घट्दो बजारबाट समेत नाफा आर्जन गर्ने सक्ने बाटो खुला हुन्छ। अन्तर्राष्ट्रिय पूँजी बजारका नियमकहरूको सर्वोच्च संस्था आईओएससीओले पनि स्वच्छ र प्रतिस्पर्धी बजारका लागि सर्ट सेललाई एक अपरिहार्य औजारका रूपमा स्वीकार गरेको छ। नेपाली बजारलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन यी सुविधाहरू अपरिहार्य भइसकेको छ। यस्ता नवीनतम उपकरणहरूको प्रभावकारी कार्यान्वयनले नेपाली पुँजी बजारमा गुणात्मक सुधार ल्याउने र लगानीको अवसर सिर्जना गर्दछ। सर्ट सेलिङले कृत्रिम रूपमा कर्नरिङ गरिएका वा अस्वाभाविक रूपमा ओभर भ्यालुड बनाइएका कम्पनीहरूको मूल्यलाई वास्तविक मूल्यमा ल्याउन दबाब दिन्छ। जसका कारण बजारलाई प्रभावित पार्ने वित्तीय बबल बन्न पाउदैन।

यसबाहेक, यसले संस्थागत सुशासन कायम गर्न र ठगीको वाचडगको भूमिका समेत खेल्छ। अन्तर्राष्ट्रिय इतिहासमा हिन्डेनबर्ग रिसर्च जस्ता एक्टिभिस्ट सर्ट सेलरहरूले कर्पोरेट क्षेत्रका वित्तीय अनियमितता र एकाउन्टिङ ठगीलाई उजागर गरेर बजारलाई थप पारदर्शी र सुरक्षित बनाएका कैयौ उदाहरण रहेको छ भने जसले नियमन प्रणालीलाई बलियो बनाउन मद्दत पुर्याएको समेत देखिन्छ।

नेपाली बजारको हालको अवस्थालाई सूक्ष्म रूपमा नियाल्दा केही चुनौतीहरू रहेका छन् । नेपालको बजार प्राविधिक रुपमा अत्यान्त कमजोर रहेको देखिन्छ । बजारमा प्रयोग भएका पूर्वाधार कै कारण शेयर कारोबारमा समस्या झेल्नुपरेको छ। इन्ट्रा–डे र सर्ट सेलका लागि रियल–टाइम राफसाफ प्रणाली अत्याधुनिक प्राविधिक पूर्वाधार र बैंक खाताहरूको पूर्ण डिजिटल एकीकरण अनिवार्य हुने जानकाहरुको बुझाई छ।

 

केन्द्रीय निक्षेप प्रणालीको वर्तमान प्रविधि र सेटलमेन्ट संरचनामा यसका लागि अझै केही कानुनी र प्राविधिक तयारीको खाँचो छ । अर्को सर्ट स्क्विजको जोखिम हो। सन् २०२१ मा अमेरिकाको गेमस्टप र सन् २००८ मा जर्मनीको फक्सवागन प्रकरणमा जस्तै, अत्यधिक सर्ट सेलिङ भएका कम्पनीको शेयर मूल्य कर्नरिङ वा बजारको चरम खरिद दबाबका कारण अस्वाभाविक रूपमा हजारौ गुणा बढ्यो । सो अवस्थामा ठूला संस्थागत लगानीकर्ता र हेज फन्डहरू समेत अर्बौ डलर गुमाएका थिए।
नेपाली बजारको बजारमा प्राविधिक र फन्डामेन्टल पक्षले अझै पनि पूर्ण र निष्पक्ष रूपमा काम गर्न नसक्नु पनि जोखिम हुन सक्ने लगानीकर्ता नवराज दहालले मेरो लगानीलाई बताए । बजार अझै परिपक्व भइनसकेको र नियमनकारी संयन्त्र पूर्ण रूपमा बलियो भइनसकेको वर्तमान अवस्थामा सर्ट सेल जस्तो जटिल औजार हतारमा ल्याउँदा बजारमा थप जोखिम निम्तिने दहालको बुझाई छ।

यसले आम साना लगानीकर्ताभन्दा पनि समूहगत सिन्डिकेट वा बजार सञ्चालकहरूलाई मात्र फाइदा पुर्याउने देखिन्छ। हल्ला र इन्साइडर ट्रेडिङका भरमा बजारलाई म्यानुपुलेट गरेर ठूला दुर्घटनाहरू निम्त्याउन सक्ने जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन। यि यस्ता यावत समस्या आउन नदिनेगरी सरोकारावाला निकायहरुले काम गर्नु पर्ने लगानीकर्ताहरुको बुझाई छ।

यसका साथै, व्यक्तिगत लगानीकर्ताको उच्च असफलता दर अर्को चुनौतीपूर्ण यथार्थ हो। भारतको पूँजी बजार नियामक निकाय सेक्यूरीटीज एण्ड एक्सचेञ्ज अफ इन्डिया (एसइबीआइ)को प्रतिवेदनले देखाउँछ कि इन्ट्रा–डे कारोबार गर्ने १० मध्ये ७ जना व्यक्तिगत लगानीकर्ताहरू घाटामा रहने गर्छन्। नेपाली लगानीकर्तामा पर्याप्त वित्तीय साक्षरता, बजार अनुशासन र जोखिम व्यवस्थापनको कमी रहेकाले यसले गम्भीर सामाजिक–आर्थिक समस्या निम्त्याउन सक्छ।

एक तर्फ मात्रै कारोबार भएको नेपालको धितोपत्र बजारमा अन्य उपकरणहरु आउन अत्यान्त आवश्यक रहेको आम बुझाई छ । बरु जोखिमलाई नियमभित्र राख्न दिगोपना दिनु पर्ने हुन्छ । संरचना र प्रविधिलाई पूर्ण रूपमा सुदृढ गर्दै मार्जिन कारोबार र इन्ट्रा–डे कारोबारलाई सफलतापूर्वक स्थापित र सञ्चालन गर्नुपर्नेछ। त्यसपछि मात्र, धितोपत्र सापटी तथा ऋणको बलियो कानुनी संयन्त्र, कडा सर्ट–पोजिसन डिस्क्लोजर नियम, रियल–टाइम बजार निगरानी प्रणाली र प्रभावकारी सर्किट ब्रेकरहरूको पूर्ण सुनिश्चितता गरेर मात्र सर्ट सेल लागु गर्नुपर्ने जानकारहरुको भनाई छ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।