Ipo.aspx merolagani - एनसेलको शेयर खरिद–बिक्री प्रतिवेदन सार्वजनिक गर्नेलगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

एनसेलको शेयर खरिद–बिक्री प्रतिवेदन सार्वजनिक गर्नेलगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

Aug 11, 2026 04:56 PM Merolagani

मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेकाे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने ।

२. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने।

३. पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने।

४.वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने।

५. पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।