Ipo.aspx merolagani - आजदेखि देशभरका म्यानपावर बन्द: वैदेशिक रोजगारमा जाने श्रमिक रोकिए

आजदेखि देशभरका म्यानपावर बन्द: वैदेशिक रोजगारमा जाने श्रमिक रोकिए

Aug 17, 2026 08:42 AM Merolagani

सरकार र वैदेशिक रोजगार व्यवसायीबीचको विवाद समाधान नभएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज (भदौ १ गते) देखि देशभरका सबै म्यानपावर कम्पनीहरूको सेवा ठप्प पारेका छन्।

सरकारलाई दिएको अल्टिमेटमको समयसीमामा वार्ता र सहमति हुन नसकेपछि व्यवसायीहरूले देशभरका शाखा कार्यालयहरूमा तालाबन्दी गर्दै सम्पूर्ण प्रक्रिया रोकेका हुन्।

 

अवरुद्ध सेवा तथा प्रक्रियाहरू:

  • श्रमिक उडान स्थगित: हिजो (साउन ३१ गते) राति १२ बजेसम्म श्रम स्वीकृति र उडान प्रक्रिया पूरा भएका श्रमिकहरूलाई मात्र प्रस्थान गर्न दिइएको छ। आज भदौ १ देखि पूर्व-निर्धारित सबै श्रमिक उडान तथा प्रस्थान पूर्ण रूपमा बन्द गरिएको छ।

  • प्रशासकीय काम ठप्प: नयाँ विज्ञापन, अन्तर्वार्ता, पूर्व तथा अन्तिम श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र वैदेशिक रोजगार विभागसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक काम रोकिने संघले जनाएको छ।

विवादको मुख्य कारण:

साउनको दोस्रो साता वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषय लगायतका कारण देखाउँदै सयौँ म्यानपावर कम्पनीहरूमाथि कारबाही अघि बढाएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।

व्यवसायीहरूले विशेष परिस्थितिमा सरकारकै मौखिक सहमतिमा वैकल्पिक उडानमार्ग प्रयोग गरिएको दाबी गर्दै उक्त कारबाही फिर्ता हुनुपर्ने, सेवा शुल्क परिमार्जनको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने र नीतिगत सुधार हुनुपर्ने माग राखेका छन्।

वैदेशिक रोजगार मन्त्रालयसँग भएका प्रारम्भिक चरणका छलफलहरूमा कुनै ठोस सहमति हुन नसकेको र मन्त्रीस्तरीय वार्ता नभएको भन्दै व्यवसायीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

म्यानपावर कम्पनीहरू पूर्ण रूपमा बन्द भएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ नेपाली युवाहरू अन्योलमा परेका छन्।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।