Ipo.aspx merolagani - प्रसारण प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउँदै सरकार, ह्विलिङ चार्जको मोडेल यसै साता सार्वजनिक हुने

प्रसारण प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउँदै सरकार, ह्विलिङ चार्जको मोडेल यसै साता सार्वजनिक हुने

Aug 17, 2026 05:27 PM Merolagani

सरकारले प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्रलाई सहभागी गराउने गरी खुला पहुँच (ओपन एक्सेस) कार्यान्वयनको तयारी तीव्र बनाएको छ ।

हालै विद्युत् नियम आयोगले निजी क्षेत्रलाई प्रसारण प्रणाली प्रयोग गर्न दिने र त्यसबापत लाग्ने ‘ह्विलिङ चार्ज’ निर्धारण गर्ने व्यवस्था अन्तिम चरणमा पुर्‍याएको हो ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार प्रसारण क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गर्दै प्रतिस्पर्धात्मक वातावरण बनाउन आवश्यक निर्देशिका तथा कार्यविधि तयार भइरहेकाे छ । ह्विलिङ चार्जसहितको स्पष्ट शुल्क मोडल भदौको पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

खुला पहुँच कार्यान्वयनका लागि ६ देखि ७ वटा सहायक निर्देशिका तयार भइरहेका छन् । त्यसमध्ये तीनवटा निर्देशिका सार्वजनिक परामर्शमा लैजाने र सुझाव समेटेर अन्तिम व्यवस्था गर्ने आयोगको तयारी छ ।

आयोगको विद्यमान व्यवस्थाअनुसार १.५ मेगावाटभन्दा बढी क्षमताका विद्युत् उत्पादक, क्याप्टिभ विद्युत् उत्पादक तथा ठूला औद्योगिक र व्यावसायिक उपभोक्ता खुला पहुँचका लागि योग्य हुनेछन् । आन्तरिक कारोबारका लागि न्यूनतम १ मेगावाट र अन्तरदेशीय कारोबारका लागि १० मेगावाट विद्युत् आवश्यक पर्नेछ ।

अध्यक्ष धितालले आगामी एक दशकमा प्रसारण लाइनको क्षमता उल्लेख्य रूपमा विस्तार गर्नुपर्ने भएकाले निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए । हाल करिब ७ हजार सर्किट किलोमिटर प्रसारण लाइन रहेकोमा यसलाई १७ हजार सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य रहेको छ ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।