Ipo.aspx merolagani - राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

Aug 20, 2026 05:35 PM Mero lagani

संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकालसम्बन्धी व्यवस्थामा संशोधन गर्ने निर्णय गरेको छ ।

यो अनुसार अब राष्ट्र बैंकका गभर्नरको कार्यकाल पाँच वर्षबाट घटेर तीन वर्षमा सीमित हुनेछ ।
समितिले मूल ऐनको दफा १८ को उपदफा (१) मा रहेको ‘कार्यकाल’ शब्दपछि उल्लेख गरिएको ‘पाँच’ वर्षको सट्टा ‘तीन’ वर्ष कायम गर्ने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार, नेपाल सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा मनासिब देखेमा कार्यकाल समाप्त भएको गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई दुई वर्षका लागि पुनः नियुक्ति गर्न सक्नेछ ।

 

comments powered by Disqus

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।