Ipo.aspx merolagani - सानिमा ग्रोथ फण्डको प्रतिफल घोषणा, बुकक्लोज कहिले?

सानिमा ग्रोथ फण्डको प्रतिफल घोषणा, बुकक्लोज कहिले?

Aug 24, 2026 09:52 AM Merolagani

सानिमा बैंक लिमिटेड कोष प्रबर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्ड (SAGF) ले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

भदौ ५ गते बसेको फण्डको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो प्रतिफल प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।