Ipo.aspx merolagani - भीषण बाढीका कारण १४ जलविद्युत् आयोजनामा क्षति, ७४८ मेगावाटभन्दा बढी क्षमता प्रभावित

भीषण बाढीका कारण १४ जलविद्युत् आयोजनामा क्षति, ७४८ मेगावाटभन्दा बढी क्षमता प्रभावित

Aug 26, 2026 01:07 PM Merolagani

भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कुल १४ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। यसरी प्रभावित हुने कुल आयोजनामध्ये सञ्चालनमा रहेका ९ वटा आयोजनाको क्षमता ३५४ मेगावाट र निर्माणाधीन ५ वटा आयोजनाको क्षमता ३९४ मेगावाट रहेको छ।

बाढीबाट निजी क्षेत्रतर्फ कुल ७ वटा आयोजनाहरूमा क्षति पुगेको छ, जसको कुल क्षमता ५७३ मेगावाट रहेको छ। यसअन्तर्गत सञ्चालनमा रहेका २३१ मेगावाट क्षमताका ४ वटा निजी आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) रहेका छन्। त्यस्तै, निर्माणाधीन ३ वटा निजी आयोजनातर्फ ३४२ मेगावाट क्षमताका माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट) र माथिल्लो मेलुङ-ए (६.४२ मेगावाट) मा क्षति पुगेको छ।

 

सरकारी क्षेत्रतर्फ सञ्चालनमा रहेका १२३ मेगावाट क्षमताका ४ वटा आयोजनाहरूमा क्षति भएको छ। जसमा २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ए र २५ मेगावाटको सोलार आयोजना रहेका छन्। सरकारी क्षेत्रका निर्माणाधीन आयोजनाहरूमा भने कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख छ।

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।