Ipo.aspx merolagani - भीषण बाढीका कारण १४ जलविद्युत् आयोजनामा क्षति, ७४८ मेगावाटभन्दा बढी क्षमता प्रभावित

भीषण बाढीका कारण १४ जलविद्युत् आयोजनामा क्षति, ७४८ मेगावाटभन्दा बढी क्षमता प्रभावित

Aug 26, 2026 01:07 PM Merolagani

भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कुल १४ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। यसरी प्रभावित हुने कुल आयोजनामध्ये सञ्चालनमा रहेका ९ वटा आयोजनाको क्षमता ३५४ मेगावाट र निर्माणाधीन ५ वटा आयोजनाको क्षमता ३९४ मेगावाट रहेको छ

बाढीबाट निजी क्षेत्रतर्फ कुल ७ वटा आयोजनाहरूमा क्षति पुगेको छ, जसको कुल क्षमता ५७३ मेगावाट रहेको छ। यसअन्तर्गत सञ्चालनमा रहेका २३१ मेगावाट क्षमताका ४ वटा निजी आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) रहेका छन्। त्यस्तै, निर्माणाधीन ३ वटा निजी आयोजनातर्फ ३४२ मेगावाट क्षमताका माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट) र माथिल्लो मेलुङ-ए (६.४२ मेगावाट) मा क्षति पुगेको छ

 

सरकारी क्षेत्रतर्फ सञ्चालनमा रहेका १२३ मेगावाट क्षमताका ४ वटा आयोजनाहरूमा क्षति भएको छ। जसमा २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ए र २५ मेगावाटको सोलार आयोजना रहेका छन्। सरकारी क्षेत्रका निर्माणाधीन आयोजनाहरूमा भने कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख छ

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।